Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

कांग्रेस प्रवक्ता महतले भने - सहकारी ठगीमा रविले आफूलाई निर्दोष भनेर दाबी गर्नु अनुचित

कांग्रेस प्रवक्ता महतले भने - सहकारी ठगीमा रविले आफूलाई निर्दोष भनेर दाबी गर्नु अनुचित

सोमवार , भाद्र ३१, २०८१

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सहकारी ठगीमा क्लिन चिट पाएँ भन्ने रवि लामिछानेको दाबी हास्यास्पद रहेको बताएका छन्।

समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेपछि संसद् परिसरमा बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन्।

गोर्खा मिडिया नेटवर्कको सञ्चालन नै सहकारीको पैसाबाट भएको समितिको प्रतिवेदनले देखाएको अवस्थामा रविले आफूलाई निर्दोष भनेर दाबी गर्नु अनुचित रहेको प्रवक्ता महतको भनाइ छ ।

उनले गोर्खा मिडियाको सीईओका रूपमा लामिछाने नै जिम्मेवार हुनुपर्ने बताए।

प्रवक्ता महतले भने,‘समितिको प्रतिवेदन कार्यार्थ सरकारलाई निर्देशन दिइसकेको अवस्थामा कसरी क्लिन चिट पाउनुभयो, थाहा छैन । समितिको संक्षिप्त प्रतिवेदनमा सहकारीको ८५ करोड रुपैयाँ गोर्खा मिडियामा गएको छ, अन्य कहीँबाट लिएको छैन भनेपछि गोर्खा मिडियाको सीईओ जिम्मेवार हुँदैन ?’

प्रतिवेदनले सहकारीको पैसा गैरकानूनी रूपले गोर्खा मिडियामा आएको र त्यसको परिचालनमा लामिछानेको संलग्नता देखिएको निष्कर्षसहितको प्रतिवेदन पेश गरेको थियो ।

लामिछानेले सहकारी ठगीमा आफूले उन्मुक्ति पाएको दाबी गरेका छन् । उनले गोरखा मिडियाको सीईओ भएर रवि लामिछानेले सहकारी ठगीबाट आएको पैसाको तलबभत्ता खाएको पुष्टि भएकाले दोषी हुँदै होइनौं भनेर घोषणा गर्नु गैरजिम्मेवारपूर्ण भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077