Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

संवैधानिक परिषद्को बैठक बालुवाटारमा

संवैधानिक परिषद्को बैठक बालुवाटारमा

सोमवार , भाद्र ३१, २०८१

काठमाडौं । संवैधानिक परिषद्को बैठक सुरु भएको छ ।

प्रधानन्यायाधीश सिफारिसका विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि बैठकमा सुरु भएको हो ।

यसअघि भदौ २८ मा बसेको परिषद् बैठक कुनै निर्णय नगरी सकिएको थियो ।

विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ मा अवकाशमा जाने भएपछि सर्वोच्चको नयाँ प्रधानन्यायाधीश सिफारिस हुन लागेको छ ।

सर्वोच्चको न्यायाधीशको वरिष्ठतामा न्यायाधीश प्रकाशमानसिंह राउत अगाडि छन् । त्यसपछि क्रमशः नहकुल सुवेदी, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोज शर्मा, कुमार चुडालको नाम परिषद्मा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077