Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

क्यानाडा उडिन् परराष्ट्रमन्त्री आरजु राणा

क्यानाडा उडिन् परराष्ट्रमन्त्री आरजु राणा

सोमवार , भाद्र ३१, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा क्यानाडा प्रस्थान गरेकी छन् ।

क्यानाडाको टोरन्टोमा सेप्टेम्बर १९ र २० मा आयोजना गरिएको महिला परराष्ट्रमन्त्रीहरूको बैठकमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले विदाइ गरेका थिए ।

क्यानाडा र जमैकाद्वारा आयोजित सो बैठकमा विश्वका १५ भन्दा बढी देशका महिला परराष्ट्रमन्त्री सहभगी हुँदैछन्। उनी अक्टोबर ४ मा स्वदेश फर्किने छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077