Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एन्फा महिला लिग : सुदूरपश्चिमको लगातार पाँचौं हार

एन्फा महिला लिग : सुदूरपश्चिमको लगातार पाँचौं हार

सोमवार , भाद्र ३१, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा स्याङ्जाको वालिङ नगरपालिकाले तेस्रो जीत हात पारेको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा वालिङले सुदूरपश्चिम प्रदेशलाई ५–१ गोलले हराएको हो ।

वालिङका लागि भिओला नमुद्दुले ह्याट्रिक तथा ज्याकलिन नसाली र सुष्मा तामाङले समान १ गोल गरिन् । सुदूरपश्चिमकी ऋतिका कार्कीले १ गोल फर्काइन् ।

यो जीतसँगै वालिङ ५ खेलमा ९ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ । सुदूरपश्चिम ५ वटै खेलमा अङ्कविहीन हुँदै पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077