Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

यस्तो छ सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन [पूर्णपाठ]

यस्तो छ सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन [पूर्णपाठ]

सोमवार , भाद्र ३१, २०८१

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई दोषी किटान गरेर कारबाहीको सिफारिस गरेको छ ।

समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले सोमबार प्रतिनिधि सभा बैठकमा पेस गरेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन २०८१ मा चार जनालाई कारबाही गर्न सिफारिस गरेको उल्लेख छ ।

लामिछानेले गोर्खा मिडियाकै नाममा जारी भएको चेकमा हस्ताक्षर गरेर तलब एवं कार्यालय सञ्चालनका लागि पैसा निकासा गराएको पाइएको छ ।

२१ वटा चेकमध्ये एउटामा अध्यक्ष गितेन्द्र बाबु राई (जीबी राई) बाहेक अन्य सबैमा लामिछानेकै हस्ताक्षर रहेको प्रमाण समेत समितिले भेट्टाएको छ ।

८३ अर्ब अवैध कारोबारमध्ये ८५ करोड गोर्खा मिडिया नेटवर्कमा गएको तथ्य समितिले फेला पारेको छ ।

यस्तो छ प्रतिवेदन : 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077