Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'आईएसएमटी रोजगार मेला' सकियो, २०० भन्दा बढी विद्यार्थीहरू सहभागी

'आईएसएमटी रोजगार मेला' सकियो, २०० भन्दा बढी विद्यार्थीहरू सहभागी

मंगलवार , आश्विन १, २०८१

काठमाडौं । काठमाडौं तिनकुनेस्थित आईएसएमटी कलेजले 'आईएसएमटी रोजगार मेला' सम्पन्न गरेको छ ।

कलेजको प्राङ्गणमा आयोजना गरिएको यो कार्यक्रमले देशका प्रमुख कम्पनीहरूलाई एकै ठाउँमा संकलन गरी विद्यार्थीहरूलाई रोजगारीका अवसरहरू प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको हो ।

उक्त रोजगार मेलामा लिपफ्रग टेक्नोलोजी नेपाल, होटल याक एण्ड यति, काठमाडौं मेरिएट होटल, नियो हस्पिटालिटी, साइजो सेवा, डिश मिडिया नेटवर्क लिमिटेड, आकाश टेक प्रा. लिमिटेड, चौधरी ग्रुप, कम्युनिकेट टेक्नोलोजी प्रालि, वर्ल्ड लिंक कम्युनिकेसन्स लिमिटेड लगायत १९ वटा चर्चित कम्पनीहरुले आफ्नो स्टलहरू राखेका थिए ।

यो मेला विशेष गरी आईएसएमटी कलेजमा अध्ययनरत र अध्ययन समाप्त गरेका २०० भन्दा बढी विद्यार्थीहरूको लागि आयोजना गरिएको थियो । जसले विभिन्न कम्पनीहरूसँग प्रत्यक्ष अन्तर्वार्ता दिने अवसर पाएको बताइएको छ ।

कलेजलेले विद्यार्थीहरूलाई शैक्षिक डिग्री मात्र प्रदान गर्ने नभई दक्ष, सबल, र सक्षम बनाउने उद्देश्यका साथ वर्षमा कम्तिमा २ वटा यस्ता मेला आयोजना गर्ने गरेको जनाएको छ । यस प्रकारको कार्यक्रमले विद्यार्थीहरूलाई करियर सुरु गर्न कम्पनी कम्पनी धाउन नपरोस भन्ने अभिप्रायले विभिन्न रोजगारीका अवसरहरूलाई एउटै स्थानमा उपलब्ध गराउने गरेको कलेजले जनाएको छ ।

आईएसएमटीले बेलायतको सुन्दरल्याण्ड विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गर्दै बीबीए, बीएचएम, बीएससी, आईटी, बीएससी, साइबर सुरक्षा र डिजिटल फोरेन्सिक्स र एमबीएजस्ता शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

यसबाहेक आईएसएमटी ग्रुपले अन्तर्गत नेपालका प्रमुख शहरहरू चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि युनिभर्सिटी अफ सुन्दरल्याण्ड युकेकै सम्बन्धनमा कलेजहरू सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077