Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

रास्वपा सकिएको होइन, रास्वपा अरूलाई सक्न आएको हो : रवि लामिछाने

रास्वपा सकिएको होइन, रास्वपा अरूलाई सक्न आएको हो : रवि लामिछाने

मंगलवार , आश्विन १, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी स्थापनाको छोटो समयमा हुनुनपर्ने घटनाका चाङमाथि रास्वपा उभिएको बताएका छन्।

कमलादीमा सुरु भएको पार्टीको दुई दिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन्।

उनले कतिपयले रास्वपा सकिएको भनेर टिप्पणी गर्ने गरेपनि रास्वपा नसकिएको बरु रास्वपाले अरूलाई सक्काउँने बताए।

सभापति लामिछानेले पार्टी स्थापनाको छोटो समयमा हुनुपर्ने र नपर्ने घटनाका चाङमाथि रास्वपा उभिएको भन्दै कुनै न कुनै समस्याले नछोडेको बताए ।

सभापति लामिछानेले भने,‘हाम्रो आगमन नै अरूका लागि समस्या भयो त हामी के गरौँ ? रास्वपाले दुई तिहाइको नेतृत्व नगरेसम्म यी समस्या आइरहन्छन् ।’

उनले सानो लडाइका लागि नआएको भन्दै रास्वपामाथिको आक्रमण पनि ठुलै हुने गरेको र २०७९ को चुनाव निम्तो कार्डमात्र भएको बताए।

मुलुकमा कुनै ठुलो विपत्ति नपरीकनै दुई ठुला दल मिलेर सरकार बनाउनुपर्ने कुनै कारण नभएको सभापति लामिछानेको भनाइ छ ।

रास्वपा सकिएको नभएर रास्वपाले अरुलाई सकाउँने सभापति लामिछानेले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077