Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

रविलाई लक्षित गर्दै कमल थापाले भने - ‘क्लिन चिट’ पायो होइन, कारवाही सिफारिस भयो !

रविलाई लक्षित गर्दै कमल थापाले भने - ‘क्लिन चिट’ पायो होइन, कारवाही सिफारिस भयो !

मंगलवार , आश्विन १, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले रवि लामिछानेले ‘क्लिन चिट’ नपाएर कारवाहीको सिफारिस भएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले लामिछानेमाथि कारवाहीको सिफारिस भएको टिप्पणी गरेका हुन् ।

लामिछानेले क्लिन चिट पाएको भन्दै जनताको आँखामा छारो हाल्ने काम गरेको उनले उल्लेख गरे।

अध्यक्ष थापाले लेखेका छन्, क्लिन चिट' पायो! होईन,कारवाहीको सिफारिश भयो! यो जनताको आँखामा छारो हाल्ने काम मात्र हो।सत्य के हो भने,प्रमुख भनिने दलका नेता कार्यकर्ताहरुकै संरक्षण र संलग्नतामा सहकारी ठगी र बचतकर्ताको रकम अपचलन भएको देखिएपछि सबै मिलेर फासफुस पारे। भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त नपारेसम्म यस्तो भैरहन्छ।'

अध्यक्ष थापाले प्रमुख दलका नेता कार्यकर्ताहरूको संरक्षण र संलग्नतामा सहकारी ठगी र रकम अपचलन भएको देखिएपछि सबै मिलेर फासफुस पारेको आरोप समेत लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077