Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

यो वर्ष २ करोडभन्दा बढीले घट्यो रास्वपाको आम्दानी

यो वर्ष २ करोडभन्दा बढीले घट्यो रास्वपाको आम्दानी

मंगलवार , आश्विन १, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक वर्षमा कुल ३ करोड ४० लाख भन्दा बढी आम्दानी गरेको छ ।

आजदेखि राजधानीमा सुरु भएको राष्ट्रिय भेलामा कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेस गर्दै सो जानकारी दिएकी हुन् ।

सदस्यता शुल्क, चन्दा तथा सहयोग, प्रकाशन बिक्री, ब्याज आय र अन्य गरी रास्वपाले आर्थिक वर्ष २०८०/०८१ मा ३ करोड ४० लाख ३१ हजार ६३४ रुपैयाँ आम्दानी गरेको छ।

दस्यता शुल्कबाट १ करोड ५१ लाख ५४ हजार ५०२ रुपैयाँ, चन्दाबाट १ करोड ११ लाख ३४ हजार ९०९, लेभीबाट ७७ लाख १८ हजार ३३३, ब्याज आयबाट १६ हजार १८९ र अन्य शीर्षकबाट ७ हजार ७०० रुपैयाँ आम्दानी भएको छ ।

सो पार्टीले आर्थिक वर्ष २०७८/०७९ मा ४ लाख १० हजार १० रुपैयाँ र अघिल्लो आर्थिक वर्षमा ६ करोड १२ लाख ४४ हजार आम्दानी गरेको थियो ।

राष्ट्रिय भेलामा प्रस्तुत गरिएको आयव्यव विरणमा गत वर्षभन्दा आम्दानी घटेको देखाइएको छ।

यस वर्षको आम्दानी अघिल्लो वर्षको तुलनामा २ करोड ७२ लाख १२ हजार ९३९ रुपैयाँले घटेको देखाइएको छ।

यद्यपि यस वर्षको आयव्ययको लेखापरीक्षण भने हुन बाँकी रहेको रास्वपाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077