Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

मेयर बालेनको तस्वीर अंकित टिसर्ट लगाएका युवायुवती प्रहरी नियन्त्रणमा

मेयर बालेनको तस्वीर अंकित टिसर्ट लगाएका युवायुवती प्रहरी नियन्त्रणमा

मंगलवार , आश्विन १, २०८१

काठमाडौं । इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को फोटो अंकित टिसर्ट लगाएका युवायुवतीलाई समारोहस्थलबाट निकालिएको छ ।

मेयर बालेनको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्रमा पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएर समारोहस्थलबाट बाहिर निकालेको हो ।

मेयर बालेनको टिसर्ट लगाएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त जनसेवामा राखेको स्रोतले बतायो ।

प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने यस समारोहमा उनको विरोध हुनसक्ने विषयलाई ध्यानमा राख्दै प्रहरीले उनीहरुलाई हटाएको बुझिएको छ ।

काठमाडौं महानगरले इन्द्रजात्राको अवसरमा आयोजना गर्ने विशेष समारोहमा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने गर्दछ ।

अघिल्लो बर्षको कार्यक्रममा राष्ट्रपति प्रधानमन्त्रीको उपस्थिति युवायुवतीहरुले बालेनको जयजयकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077