Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

देशको व्यवस्थासँगै अवस्थामा पनि परिवर्तन भइरहेको छ : सहरी विकासमन्त्री सिंह

देशको व्यवस्थासँगै अवस्थामा पनि परिवर्तन भइरहेको छ : सहरी विकासमन्त्री सिंह

मंगलवार , आश्विन १, २०८१

धनगढी । सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवस्थासँगै अवस्थामा पनि परिवर्तन भइरहेको बताएका छन्।

धनगढी उपमहानगरपालिकाको १०औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सहरी विकासमन्त्री सिंहले यस्तो बताएका हुन्।

सहरी विकासमन्त्री सिंहले विगतका सरकारहरूले भन्दा राम्रो काम गर्नेगरी अहिलेको सरकारले कामलाई अघि बढाइरहेको बताए।

उनले जनअपेक्षाअनुसार शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सरकारले राम्रो काम गर्न खोजेको बताए। उनले स्थानीय तह, प्रदेश र संघीय सरकारले आवश्यक कानुनहरू बनाएर जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा पनि जोड दिए।

सहरी विकासमन्त्री सिंहले व्यवस्थासँगै अवस्थामा पनि परिवर्तन आएको उल्लेख गरे।

सहरी विकासमन्त्री सिंहले सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा पहिलेकोभन्दा तुलनात्मकरूपमा अहिले राम्रो हुँदै गएको पनि बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077