Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले भने - प्रदेश संरचना हटाउन सकिन्न, थप जबाफदेही बनाऔं

कांग्रेस सभापति देउवाले भने - प्रदेश संरचना हटाउन सकिन्न, थप जबाफदेही बनाऔं

मंगलवार , आश्विन १, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचनालाई थप प्रभाकारी बनाउनुपर्ने बताएका छन् ।

कांग्रेसको कानुन विभागले पार्टी कार्यालय, सानेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

सभापति देउवाले प्रदेश संरचनालाई हटाउन भन्दा पनि अझ प्रभावकारी बनाउनु पर्ने बताए।

सभापति देउवाले भने,‘प्रदेश संरचना बनिसकेको छ । प्रदेश संरचना हटाउन सक्ने स्थिति छैन । कसरी अझ प्रभाकारी बनाउने सोच्ने विचार गर्ने हुनसक्छ ।’

उनले समानुपातिक प्रणालीमा प्रश्न उठेपनि समावेशीबारे कसैले प्रश्न नउठाएको बताए । कतिपय समुदायले अहिले पनि चुनाव जित्न नसक्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077