Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

रास्वपालाई विश्वप्रकाशको सुझाव - 'स्वतन्त्र' छोडेर दलको नाम जुराउने साहस राख्नू

रास्वपालाई विश्वप्रकाशको सुझाव - 'स्वतन्त्र' छोडेर दलको नाम जुराउने साहस राख्नू

मंगलवार , आश्विन १, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नाम फेर्न सुझाव दिएका छन् ।

मंगलबार सामाजिक सञ्जाल एक्समार्फत प्रथम राष्ट्रिय सम्मेलन सफलताको शुभकामना दिँदै पार्टीको नाम फेर्न सुझाव दिएका हुन् ।

महामन्त्री शर्माले स्वतन्त्र शब्द छाडेर दलको नाम जुराउने साहस राख्न रास्वपालाई आग्रह गरे ।

‘नयाँ दलको प्रथम राष्ट्रिय सम्मेलन सफलताको शुभकामनासहित सुझाव- 'कतिपय असन्तुष्टिको माहौलमा स्वतन्त्र मन बनाएका कतिपय नागरिकको भावनात्मक आवेग क्यास गर्न स्वतन्त्र नाम रोज्नुभयो, एउटा आकार बनाउनुभयो। अब स्वतन्त्र छाडेर दलको नाम जुराउने साहस राख्नुस्,’ रास्वपाको नाम उल्लेख नगरी उनले लेखेका छन् ।

रास्वपाको राष्ट्रिय सम्मेलन काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा मंगलबारदेखि सुरू भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077