Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अब सातवटै प्रदेशमा क्यान्सर उपचार सेवा

अब सातवटै प्रदेशमा क्यान्सर उपचार सेवा

मंगलवार , आश्विन १, २०८१

काठमाडौं । देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा बिस्तार भएको छ ।

स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप पौडेल गत असार ३१ गते मन्त्री भएपछि सबै प्रदेशमा क्यान्सर उपचार सेवा बिस्तारको निर्णय गरेका थिए । सोही निर्णय दुई महिनाभित्र कार्यान्वयनमा आएको हो ।

मन्त्री पौडेलले पहिलो निर्णयका रुपमा क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत गरेका थिए।

सोमबार गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मन्त्री पौडेलको उपस्थितिमा भरतपुर क्यान्सर अस्पतालमार्फत क्यान्सर उपचार सेवा बिस्तार गरिएपछि देशका सातै प्रदेशमा क्यान्सर उपचार सेवा उपलब्ध भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077