Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय शिक्षा दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

राष्ट्रिय शिक्षा दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

बुधवार , आश्विन २, २०८१

काठमाडौं । आज राष्ट्रिय शिक्षा दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।

'ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकाः साझेदारी र प्रणालीगत सक्षमता' भन्ने नाराका साथ दिवस मनाइन लागिएको हो । सोही अवसरमा संघीय राजधानी काठमाडौंसहित देशभरि विभिन्न कार्यक्रमहरू हुँदैछन् ।

सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानेर गतवर्षदेखि असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसकोरुपमा मनाउन थालेको हो ।

संघीय सरकारले यसवर्ष पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा राष्ट्रिय शिक्षा दिवस मूल समारोह समितिमार्फत् दिवस विशेष कार्यक्रमहरू गर्दैछ । समितिले देशभर विविध रचनात्मक कार्यक्रम गरी दिवस मनाउन निर्देशन समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077