Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

सर्वाधिक मत ल्याउने दललाई पाँच वर्षसम्म सरकार चलाउन दिनुपर्छ : महामन्त्री शर्मा

सर्वाधिक मत ल्याउने दललाई पाँच वर्षसम्म सरकार चलाउन दिनुपर्छ : महामन्त्री शर्मा

बुधवार , आश्विन २, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभामा सर्वाधिक मत ल्याउने दलको नेतालाई पाँच वर्षसम्म प्रधानमन्त्री भएर सरकार चलाउन दिनुपर्ने बताएका छन्।

महामन्त्री शर्माले सर्वाधिक मत ल्याउने दललाई पाँच वर्षसम्म सरकार चलाउन दिनुपर्ने बताएका हुन् ।

उनले स्थिर सरकारको परिकल्पनाका साथ संविधान संशोधन गर्नुपर्ने बताए। गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउपर्ने उनको भनाई छ ।

महामन्त्री शर्माले संविधान सही भए पनि कार्यान्वयनमा सन्तुष्टि हुने ठाउँ नरहेको बताए ।

सरकार बनाउन पुग्ने सांसदहरुको संख्या कांग्रेस र एमालेसँग भए पनि संविधान संशोधन गर्न दुई तिहाइ चाहिने संख्या नभएकाले अरु दललाई पनि सहमतिमा ल्याउन आवश्यक रहेको उनले बताए।

संविधान संशोधनका लागि राजनीतिक दलहरुबीच हार्दिकतापूर्वक समन्वय हुनुपर्नेमा महामन्त्री शर्माले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077