Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

सहकारी ठगी गर्नेमाथि प्रतिवेदनअनुसार कारबाही हुन्छ : उपप्रधानमन्त्री सिंह

सहकारी ठगी गर्नेमाथि प्रतिवेदनअनुसार कारबाही हुन्छ : उपप्रधानमन्त्री सिंह

बुधवार , आश्विन २, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी रकम दुरुपयोग गर्नेमाथि समितिको प्रतिवेदनअनुसार कारबाही हुने बताएका छन्।

गणेशमान सिंहको २७ औँ पुण्य तिथिमा आयोजित कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्।

उपप्रधानमन्त्री सिंहले सहकारी बचत रकम दुरुपयोग भएको सम्बन्धमा प्रतिवेदनलाई आधार बनाएर कारबाही अघि बढाइने बताए।

उनले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले संसदमा प्रतिवेदन पेस गरिसकेको र सभामुख देवराज घिमिरेले पनि सरकारलाई समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिइसकेको उनले बताए ।

अब सोही प्रतिवेदनलाई आधार बनाएर सरकारले कारबाही सुरु गर्ने उपप्रधानमन्त्री सिंहले बताए ।

उनले समितिले दिएको प्रतिवेदनको अध्ययन गरी मन्त्रीपरिषद्मा छलफल गरेर कारबाही प्रक्रिया अघि बढाइने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077