Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

रविलाई लक्षित गर्दै शंकर पोखरेलले भने - जान्नेलाई छान्नेले दिन खोजेको विकल्प स्पष्टै भएन र !

रविलाई लक्षित गर्दै शंकर पोखरेलले भने - जान्नेलाई छान्नेले दिन खोजेको विकल्प स्पष्टै भएन र !

बुधवार , आश्विन २, २०८१

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै वैकल्पिक राजनीतिले कस्तो विकल्प दिन खोजेको हो भन्ने स्पष्ट भएको बताएका छन्।

सञ्जालमा स्टाटस लेख्दै महासचिव पोखरेलले सहकारी ठगीमा मुछिएका सभापति लामिछानेलाई इङ्गित गर्दै उक्त टिप्पणी गरेका हुन् ।

पोखरेलले कुनै कम्पनीको सीईओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउँछ र आएको पैसाको दायित्वबारे जानकारी नै नराखी कसरी सेयर होल्डर बन्न सक्छ भन्दै प्रश्न गरे ।

उनले नाम नलिइकन लामिछानेतर्फ लक्षित गर्दै कम्पनीको दायित्व बिर्सेर आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृत्ति गलत रहेको टिप्पणी गरेका छन् ।

महासचिव पोखरेलले लेखेका छन्,'कुनै कम्पनीको सिओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउँछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी बिना लगानी त्यसको सेयर होल्डर बन्दछ र सिओको रूपमा मनलाग्दी पैसा खर्च गर्दछ। अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरूले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो । हैन र ?'

यति हुँदा पनि उसले गरेको त्यो काम दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका अभियानकर्ताहरूले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भएको उनको टिप्पणी छ ।

सहकारीको रकम अपचलनसम्बन्धी विशेष छानबिन समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई रकम अपचलनमा दोषी ठहर गर्दै कारबाहीको सिफारिश गरेको छ ।

लामिछानेले गोर्खा मिडियाकै नाममा जारी भएको चेकमा हस्ताक्षर गरेर तलब एवं कार्यालय सञ्चालनका लागि पैसा निकासा गराएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077