Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

सडक बन्द गरेर 'नेसनल डे कन्सर्ट' का लागि दरबारमार्गमा स्टेज बनाइँदै

सडक बन्द गरेर 'नेसनल डे कन्सर्ट' का लागि दरबारमार्गमा स्टेज बनाइँदै

बुधवार , आश्विन २, २०८१

काठमाडौं । संविधान दिवसको दिन दरबारमार्गमा हुने ‘नेसनल डे कन्सर्ट’ का लागि स्टेज बनाइँदैछ।

भोलि हुने कन्सर्टको लागि तयारी सुरु भएसँगै सो क्षेत्रमा सडक बन्द गरेर स्टेज बनाउन लागिएको हो ।

केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेटतर्फ जाने सवारी साधनहरूलाई जमलतर्फ, जय नेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरूलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरूलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ।

सरकारले असोज ३ गतेको संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडिखेलमा आयोजना गर्ने र सोही दिन साँझ नारायणहिटी दरबार अगाडिको सडकमा सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077