Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

रास्वपा राष्ट्रिय भेला : रविको राजनीतिक प्रतिवेदनमाथि छलफल नहुने

रास्वपा राष्ट्रिय भेला : रविको राजनीतिक प्रतिवेदनमाथि छलफल नहुने

बुधवार , आश्विन २, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमाथि छलफल नहुने भएको छ ।

काठमाडौंमा जारी राष्ट्रिय भेलामा सभापति लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिहरूले धारणा राख्न नपाउने भएका हुन्।

केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ।

भेलामा केन्द्रीय समिति, निकाय, विभाग, प्रदेशका पार्टी संरचना, जिल्ला र पालिकास्तरीय समितिबाट करिब १५ सय प्रतिनिधि छन्।

भेलाको दोस्रो दिन आजको अन्तिम सत्रमा मात्रै सभापति लामिछानेको राजनीतिक प्रतिवेदन पेस हुनेछ।

भेलाको कार्यतालिकाअनुसार सभापति लामिछानले अपराह्न ४ः३० बजे राजनीतिक प्रतिवेदन पेस गर्नेछन्।

त्यसलगत्तै निष्कर्ष प्रस्तुत गर्ने र भेला सक्ने कार्यतालिका छ।

राजनीतिक प्रतिवेदन पेश लगत्तै भेलाको समापन गरिने भएकाले सहभागीहरुले प्रतिवेदन माथि सुझाव समेत दिन नपाउने भएका छन् ।

सभापति लामिछाने बाहेक अन्यले पेश गरेका प्रतिवेदनमा भने सहभागी प्रश्न राख्ने पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077