Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

एसईईको नतिजा २२ प्रतिशतले सुधार गर्ने प्रधानमन्त्री ओलीको दाबी

एसईईको नतिजा २२ प्रतिशतले सुधार गर्ने प्रधानमन्त्री ओलीको दाबी

बुधवार , आश्विन २, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्ष एसईईको नतिजा २२ प्रतिशतले सुधार गर्ने बताएका छन्।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

एसईईमा रहेको कमजोर नतिजा यो वर्ष नै करिब ७० प्रतिशतमा पुर्याउनेगरी काम भइरहेको बताए।

प्रधानमन्त्री ओलीले भने,'हुन त केही विद्वान मित्रहरूले भन्ने गरेका पनि छन्। तर हामी अनलाइन कक्षा चलाएर यो वर्ष नै २२ प्रतिशत नतिजा सुधार गर्छौँ । हामीले त्यस्तो भनिरहँदा विद्वान मित्रहरू विरोध गर्न थालेका छन्। हुन त उहाँहरूको कामै त्यही हो। हामी यही वर्ष नै २२ प्रतिशत सुधार गर्नेतिर लागेका छौ।'

४८ प्रतिशतमा रहेको एसईईको पासदर यो वर्ष नै बढाएर ७० प्रतिशत पुर्याउनेगरी सरकारले काम थालेको बताए।

उनले शिक्षाको क्षेत्रमा पछाडि परेको बताए। प्रधानमन्त्री ओलीले नेपालीहरू शिक्षा क्षेत्रमा पछाडि परेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077