Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

सरकारको न्यूनतम साझा कार्यक्रम आजै सार्वजनिक गर्छौं : महामन्त्री थापा

सरकारको न्यूनतम साझा कार्यक्रम आजै सार्वजनिक गर्छौं : महामन्त्री थापा

बुधवार , आश्विन २, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको न्यूनतम साझा कार्यक्रम आज साँझ सार्वजनिक गर्ने तयारी रहेको बताएका छन्।

मुलपानीमा आयोजित राष्ट्रिय शिक्षा दिवसको अवसरमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। उनले सरकारको न्यूनतम साझा कार्यक्रममा शिक्षा ऐनलाई चाँडै पारित गर्नेगरी प्रस्ताव अघि बढाइएको बताए ।

महामन्त्री थापाले भने,'आज साँझ न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ। न्यूनतम साझा कार्यक्रममा शिक्षा ऐन पारित गर्छौं भनेर लेख्दैछौं। तर, लेखेरमात्र भएन। संसदको ताल हेर्दा अझ दुई अढाई वर्ष पारित नहुने छाँटकाँट देखिन्छ।'

महामन्त्री थापाले आगामी संसद्को सुरुवातमै शिक्षा ऐनलाई पारित गर्नेगरी तयारी भइरहेको बताए ।

उनले शिक्षा ऐन दसैँ–तिहार लगत्तै सुरु हुने संसद्को हिउँदे अधिवेशनको सुरुवातमै पारित गर्नेगरी अघि बढ्ने तयारी रहेको बताए ।

महामन्त्री थापाले दलगत रूपमा सहभागी हुनेगरी एउटा समूह बनाएर शिक्षा ऐनको बाँकी काम सकाउनुपर्ने बताए। न्यूनतम साझा कार्यक्रमका लागि यसअघि नै चार सदस्यीय मस्यौदा कार्यदल गठन गरिएको थियो।

कार्यदलमा महामन्त्री थापासहित कांग्रेसका प्रवक्ता प्रकाशशरण महत, एमालेका उपमहासचिवद्वय प्रदीपकुमार ज्ञवाली र विष्णु रिमाल छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077