Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

भोलिदेखि धरहरा खुल्दै , सर्वसाधारणलाई पैसा नलाग्‍ने

भोलिदेखि धरहरा खुल्दै , सर्वसाधारणलाई पैसा नलाग्‍ने

बुधवार , आश्विन २, २०८१

काठमाडौं । भोलिदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ ।

संविधान दिवसको अवसरमा भोलिबाट धरहरा सर्वसाधारणको लागि खुला गरिन लागेको हो ।

नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषद बैठकले नै गरेको थियो ।

लगतै संविधान दिवसको अवसर पारेर धरहरा चढ्न पाउने व्यवस्था गर्न सरकारले शहरी विकास मन्त्रालयमार्फत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) परियोजनालाई निर्देशन दिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख ११ गते उद्घाटन गरेको धरहरा ६ पटकसम्म म्याद थप गरेर बिहीबार फेरि उद्घाटन गरिन लागेको हो ।

२०७२ मा भत्किएको धरहराको भग्नावशेष सिसामा राख्ने भनिएको भए पनि अझै पनि धरहराको अवशेष टिनको छाना हालेर राखिएको छ ।

भोलिदेखि सञ्चालनमा आउन लागेको धरहरामा सर्वसाधारणहरूले निःशुल्क चढ्न पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077