Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

हाम्रो शिक्षा दिने तरिका ठीक भएन, यसलाई बदल्नुपर्छ : प्रधानमन्त्री ओली

हाम्रो शिक्षा दिने तरिका ठीक भएन, यसलाई बदल्नुपर्छ : प्रधानमन्त्री ओली

बुधवार , आश्विन २, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शिक्षा दिने तरिका नै ठीक नभएको बताएका छन्।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले शिक्षाको पछौटेपनलाई हटाउन सरकारले काम गरिरहेको बताए।

प्रधानमन्त्री ओलीले भने,‘सबै शिक्षा क्षेत्रमा लिड गरिरहेका, काम गरिरहेका साथीहरुलाई म भन्न चाहन्छु, हाम्रो नयाँ पुस्ताका बालबालिकाहरु लद्दु छैनन्, असक्षम छैनन् । पढ्न नसक्ने, नजान्ने छैनन्, अन्तै केही कमजोरी छ, जो खोज्नुपर्छ । विद्यार्थी फेल भएका होइनन्, विद्यार्थी फेल बनाइयो, फेल भए । किन फेल भए ? विद्यार्थीको कारणले फेल भएनन् । तिनीहरुको जे विषयमा ट्यालेन्सी छ, त्यो चिनिएन । एउटा रुची भएकालोई अर्कै शिक्षा दिइयो । शिक्षा दिने तरिका भएन । जसले गर्दा उसले सिक्न सकेन।'

उनले शिक्षा क्षेत्रलाई अघि बढाउने सन्दर्भमा नेपाल सरकारले विशेष पहल गर्ने बताए। शिक्षाको परिस्थितिमा सकारात्मक व्यवस्थापन गर्ने प्रतिबद्धता पनि जनाए।

शिक्षालाई एकदम जगैदेखि, बालबालिकाको तहदेखि मजबुत आधारको रुपमा दिनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077