Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

रविमाथि ठगी तथा किर्तेसम्बन्धीको कानुन आकर्षित हुन्छ : गगन थापा

रविमाथि ठगी तथा किर्तेसम्बन्धीको कानुन आकर्षित हुन्छ : गगन थापा

बुधवार , आश्विन २, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि ठगी तथा किर्तेसम्बन्धीको कानुन आकर्षित हुने बताएका छन्।

पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले लामिछानेमाथि ठगी‚ किर्ते‚ सहकारी‚ फौजदारीसम्बन्धी कानुन आकर्षित हुने बताए।

उनले आफूहरूले सोचेभन्दा बढी सहकारीबाट रकम अपचलन गर्न रवि लामिछाने सक्रिय रहेको सहकारी छानबिन विशेष समितिको प्रतिवेदन पश्चात् थाहा भएको बताए ।

सहकारी ठगीमा कांग्रेसले भनेकै कुरा संसदीय छानबिन समितिले पुष्टि गरेको महामन्त्री थापाले बताए ।

आफूहरुले गोर्खा मिडिया प्रालिले सहकारीको रकम अपचलन गरेको, गोर्खा मिडियाका तत्कालीन सञ्चालक रवि लामिछाने गृहमन्त्री हुँदा सरकारी निकायले छानबिन नगरेको र गोर्खा मिडियामा रकम लैजानेहरुलाई कारबाही गर्न माग गरेर संसदीय छानबिन समिति गठनको माग राखेको बताए ।

संसदीय छानबिन समितिले आफूहरुले उठाएका सबै विषय सत्य पुष्टि गरेको महामन्त्री थापाको भनाई छ ।

संसदीय समितिले गोर्खा मिडियाले ४/५ वटा सहकारीबाट करोडौं रकम गैरकानुनी रुपमा लगेको र यो रकम अपचलनमा तत्कालीन सञ्चालक जीबी राई, कुमार रम्तेल, रवि लामिछाने र छविलाल जोशीलाई प्रचलित कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको महामन्त्री थापाले बताए ।

तर अहिले रास्वपाका नेता कार्यकर्ताले संसदीय समितिले दोषी किटान नगरेको प्रचार गरिरहेकोमा उनले आश्चर्य व्यक्त गरे ।

संसदीय समितिमा रहेका रास्वपा सांसदले कारबाही सिफारिस गर्ने निर्णयमा हस्ताक्षर गरेर बाहिर आएर आफ्नो सभापतिलाई दोष लागेन भनेर भ्रम छरेको महामन्त्री थापाले बताए ।

कांग्रेस उपसभापति धनराज गुरुङमाथि पनि सहकारी ठगीको आरोप लागेको र गुरुङका विषयमा पनि सरकारले छानबिन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077