Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

कांग्रेस सभापति देउवा भन्छन् - रविजी चलाख मान्छे हुनु हुँदोरहेछ, कुरा सुनेर छक्कै परेँ !

कांग्रेस सभापति देउवा भन्छन् - रविजी चलाख मान्छे हुनु हुँदोरहेछ, कुरा सुनेर छक्कै परेँ !

बुधवार , आश्विन २, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको कुरा सुनेर छक्क परेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको एक महिने विशेष अभियानको शुभारम्भ गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले लामिछानेले सहकारी ठगी गरेको विषय सुरुमा आफूलाई अपत्यारिलो लागेको बताए । सभापति देउवाले पार्टीले संसद्‌मा सभापति लामिछानेबारे उठाएका प्रश्नहरु अहिले प्रमाणित भएको दाबी गरे।

उनले संसदीय छानविन विशेष समिति गठन गर्दाताका लामिछानेले सहकारी रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागेको भएपनि अहिले प्रमाािणत भएको बताए ।

सभापति देउवाले भने,'सहकारीको विषय यस्तो छ भनेर मैले वास्तवमा पत्याएकै थिइनँ । रवि लामिछानेजी त कस्तो मान्छे हुनु हुँदोरहेछ भने, चलाख मान्छे। म त छक्कै परेँ कुरा सुनेर। तपाईंले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईंलाई।’

उनले रवि लामिछाने चलाख मान्छे भएको भन्दै पार्टी महामन्त्री गगन थापाले उठाएका आवाजहरु सही भएको बताए ।यसका लागि उनले थापालाई धन्यवाद समेत दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077