Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, दीपेन्द्र र दुवै कुशल बेन्चमा

ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, दीपेन्द्र र दुवै कुशल बेन्चमा

बुधवार , आश्विन २, २०८१

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा ओमानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

हङकङको किङ्स सिटीमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

पहिले ब्याटिङ गर्न लागेको नेपालले यसअघिको टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ। पहिलो खेलमा क्यानडाविरुद्ध उत्रिएका ओपनर कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी र कुशल मल्ल टोलीमा परेका छैनन्।

उनीहरुलाई बेन्चमा राख्दै प्रशिक्षक मोन्टी देसाईले अनिल साह, आरिफ सेख र अर्जुन साउदलाई मौका दिएका छन्।

ओमानका कप्तान अकिब इल्यासले टस जितेर बलिङ रोजे पछि नेपालले पहिले ब्याटिङ गर्दैछ । पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077