Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

सहकारी ठगी प्रकरणको प्रतिवेदन मन्त्रिपरिषद्‌बाट पारित, कार्यान्वयनको बाटो खुल्यो

सहकारी ठगी प्रकरणको प्रतिवेदन मन्त्रिपरिषद्‌बाट पारित, कार्यान्वयनको बाटो खुल्यो

बुधवार , आश्विन २, २०८१

काठमाडौं । सरकारले सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संसदीय छानबिन समितिले तयार पारेको सहकारीसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

अब प्रतिवेदन भूमि व्यवस्था तथा सहकारी, अर्थ मन्त्रालयसहितका निकायमा जाने छ ।

प्रतिवेदन पारित भएसँगै अब कार्यान्वयनको बाटो खुलेको छ । छानबिन समितिका सभापति सूर्य थापाले भदौ ३१ गते संसद्‌मा प्रतिवेदन पेस गरेका थिए ।

संसदीय विशेष समितिले सूर्यदर्शन, सुप्रिम लगायतका सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष निकालेको थियो ।

समितिले पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेसहित जीबी राई, कुमार रम्तेल र र छविलाल जोशीलाई पनि कारबाही गर्न सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077