Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

सरकारले गर्‍यो चारजना सचिवको जिम्मेवारी हेरफेर

सरकारले गर्‍यो चारजना सचिवको जिम्मेवारी हेरफेर

बुधवार , आश्विन २, २०८१

काठमाडौं । सरकारले चारजना सचिवको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरू कार्यरत रहेको मन्त्रालय हेरफेर गरेको हो ।

स्रोतका अनुसार ऊर्जा मन्त्रालयको सचिवमा सुरेश आचार्यलाई ल्याइएको छ भने ऊर्जामा रहेका गोपाल प्रसाद सिग्देललाई जल तथा ऊर्जा आयोगमा पठाइएको छ ।

त्यस्तै वन मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्मालाई कृषि मन्त्रालय पठाइएको छ भने कृषिका सचिव दीपक कुमार खरेललाई वन मन्त्रालयमा ल्याइएको बताइएको छ ।

साथै सरकारले सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077