Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

वैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने सरकारको निर्णय

वैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने सरकारको निर्णय

बुधवार , आश्विन २, २०८१

काठमाडौं । सरकारले हरेक वर्ष वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाउने निर्णय गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ७ गतेलाई याक दिवसको रूपमा मनाउने निर्णय गरेको हो ।

याक तथा चौरीको संरक्षण सम्वर्द्धन एंव राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यसको प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय याक दिवस घोषणा गरी मनाउने निर्णय गरिएको बताइएको छ ।

याक दिवसको घोषणाले याक जन्य वस्तुहरूको गुणस्तरीयतामा वृद्धि भई राष्ट्रिय आय वृद्धिमा योगदान दिन सक्ने र याक तथा चौरीको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने र यसको संरक्षण, प्रवर्द्धन र विकासमा सघाउ पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077