Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आईसीसी विश्वकप लिग–२ : नेपाल ओमानसँग एक विकेटले पराजित

आईसीसी विश्वकप लिग–२ : नेपाल ओमानसँग एक विकेटले पराजित

बिहिवार , आश्विन ३, २०८१

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा आज बिहान सम्पन्न खेलमा नेपाल ओमानसँग एक विकेटले हारेको हो ।

नेपालले दिएको २ सय २१ रनको लक्ष्य ओमानले अन्तिम बल बाँकी छँदा ९ विकेट गुमाएर भेटायो । ओमानका जतिन्दर सिंहले सर्वाधिक ४१ रन बनाए । नेपालका गुल्सन झाले ५ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनायो । नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ६० रन बनाए ।

यस्तै गुल्सन झाले ५३, आरिफ शेखले ३५ रन बनाए । ओमानका कलिमुल्लाह, फयज बट र अकिब इलियासले समान २ विकेट लिए ।

जितपछि ओमान ५ खेलमा ५ अंकका साथ तालिकाको छैटौं स्थानमा नेपाल ६ खेलमा २ अंकका साथ सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077