Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

काठमाडौंकी उपमेयर सुनिता डंगोल अमेरिका प्रस्थान

काठमाडौंकी उपमेयर सुनिता डंगोल अमेरिका प्रस्थान

बिहिवार , आश्विन ३, २०८१

काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल अमेरिका उडेकी छिन् ।

संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिन उनी अमेरिका प्रस्थान गरेकी हुन् ।

उनलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट बिदाइ गरे ।

बिदाइका लागि प्रशासन विभागका प्रमुख नमराज ढकाल, सभा गृहका प्रमुख सुदर्शन भट्टराई, सचिवालय प्रमुख सौरभ गौत्तमसहित अधिकारीहरु विमानस्थल पुगेका थिए ।

उनीसँगै परशुराम नगरपालिकाका प्रमुख भरत जोशी र युवा नेता अब्दुस मियाँ पनि महासभाका लागि प्रस्थान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077