Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

संविधान दिवसको शुभकामना दिँदै डा. कोइरालाले भने - सामन्तवादी सोचबाट हामी कहिले मुक्त हुने ?

संविधान दिवसको शुभकामना दिँदै डा. कोइरालाले भने - सामन्तवादी सोचबाट हामी कहिले मुक्त हुने ?

बिहिवार , आश्विन ३, २०८१

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले संविधानको जगबाट देशलाई समृद्ध बनाउन सकिने बताएका छन् ।

बिहीबार उनले नवौँ संविधान दिवसको अवसर पारेर शुभकामना दिदैँ सो कुरा बताएका हुन् । उनले सरकार र राजनीतिक दलहरुले नेपालको सुन्दर भविष्य संविधानको जगवाट मात्र निर्माण गर्न सकिन्छ भन्ने हेक्का राख्नु पर्ने बताए ।

सरकार र राजनीतिक दलहरुले देशमा सामाजिक न्याय, आर्थिक वृद्धि सुशासनका कुराहरु केवल गफ र भाषणमा मात्रै सिमित गरेको आरोप यतिखेर नागरिकबाट आएको उनले उल्लेख गरे ।

'अग्रज पुस्ताको त्यो गौरव गाथा सदा नेपाली जनताको मानसपटलमा अमर रहिरहनेछ । वर्तमान संविधानले नेपाली जनताका कैयन सपनाहरुलाई सम्बोधन गरेको छ ,'उनले भनेका छन,'राज्यको भूमिका र सीमा मात्र होइन व्यक्तिको अधिकार र कर्तव्यलाई पनि संविधानले परिभाषित गरेको छ ।'

उनले अगाडि भनेका छन्,'नागरिकको सम्प्रभूत्तालाई मुलमन्त्र ठानेर निर्माण भएको वर्तमान संविधानको राजनीतिक आयातनले ऐन, कानुन निर्माण र नीतिगत निणर्य लिने ठाउँमा सामाजिकरुपले वञ्चना परेका सवै समुहको प्रतिनिधित्व हुनु सामान्य कुरा होइन ।'

महिलाहरूको राजनीतिक प्रतिनिधित्व राज्यको संरचनामा तल देखि माथिसम्म अनिवार्य गर्नाले आधा जनसंख्या भएको यो समुह राष्ट्र निर्माणको प्रकृयामा सहभागी हुने व्यवस्थाको सुनिश्चितता भएको कोइरालाले बताएका छन् ।

संविधान गतिशिल दस्तावेज भएकाले समाजमा उठ्ने मुद्धाहरु पनि समय सापेक्ष फरक-फरक हुनाले गतिशिल समाजका मुद्धाहरुलाई संविधानले सम्बोधन गर्न जरुरी रहेको डा. कोइरालाले बताए । आज नेपालको संविधानलाई सुधार्ने र परिमार्जन गर्ने बहस यही कारणले छलफलमा रहेको उनले प्रस्ट पारे ।

'संविधानतः सवै नेपाली नागरिक समान छन भन्ने कुरा व्यवहारमा नदेखिदा राज्यमाथि आम मानिसको भरोसा र विश्वास संकटमा परेको छ । कार्यकारीमा वस्ने नेतृत्वको शक्तिको असिमित चाहनाले संविधानको मूल मर्म ‘शक्ति पृथकीकरणको सिद्धान्त’ लाई नै चोट पुग्न गयो,'कोइरालाले भनेका छन्,'आज नेपालका संवैधानिक निकायहरुको गरिमा र भूमिकामाथि आम नेपालीले प्रश्न उठाएका छन भने यसको पछाडी कार्यकारीवाट गरिने “मिचाहा प्रवृति” जिम्मेवार छ । राज्य संचालनका यस्ता निकायहरुमा सक्षम, योग्य र इमान्दार मानिसहरुलाई पञ्छाएर ‘आफ्नो मान्छे’भर्ना गर्ने सामन्तवादी सोचबाट हामी कहिले मुक्त हुने ?'

यस्तै उनले अगाडी भनेका छन्, 'नौ वर्ष अगाडि जारी भएको संविधानलाई इमानदारीपूर्वकता लागु गर्न यस कालखण्डमा सत्तामा बसेका नेताहरूले खास ध्यान पुर्‍याएनन् । देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र लागु भए पनि संस्कारजन्यरुपमा हामीमा एकात्मक राज्यको सोच र सिंहदरबार नै सबै थोक हो भन्ने मानसिकताबाट हामी मुक्त हुन सकेनौँ । यही कारण हो आज संविधानमाथि दबाब छ, यही कारण आज सङ्घीय संरचनामाथि दबाब छ ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077