Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

नेपालमा दूतावास स्थापना गर्न क्यानडालाई परराष्ट्रमन्त्री आरजुको आग्रह

नेपालमा दूतावास स्थापना गर्न क्यानडालाई परराष्ट्रमन्त्री आरजुको आग्रह

बिहिवार , आश्विन ३, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले क्यानडा सरकारलाई नेपालमा आफ्नो दूतावास स्थापनाका लागि आग्रह गरेकी छिन् । क्यानडाली विदेशमन्त्री मेलानी जोलीबीच बुधबार क्यानडाको ओटावामा द्विपक्षीय भेटवार्ताको क्रममा उनले सो आग्रह गरेकी हुन्।

उनले भनिन्, ‘अध्ययनका लागि क्यानाडा जाने नेपाली विद्यार्थीको सङ्ख्या दिनप्रतिदिन बढ्दै छ भने नेपाल आउने क्यानाडाली पर्यटकको सङ्ख्या पनि पछिल्लो समय बढ्दो छ। त्यसैगरी अनुसन्धानदाता, व्यवसायी तथा अरु पनि दुई देशका धेरै क्षेत्रका नागरिकबीच भ्रमणहरु आदानप्रदान भइरहेको छ। त्यसैले क्यानाडाले नेपालमा दूताबास स्थापना गर्नु मनासिब हुनेछ, म यो अनुरोध गर्न चाहन्छु।’

उनले एसियाका दुई ठूला देशका बीचमा रहेको नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा आफ्नो राजदूताबास स्थापना गर्नु क्यानाडाका लागि आवश्यक छ भनेर पनि सोचिदिन सो अवसरमा विदेशमन्त्री जोलीसमक्ष आग्रह पनि गरिन्।

भेटवार्तामा नेपाल–क्यानाडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077