Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले भने - सबै दलको सहमतिमा संविधान संशोधन गर्छौं

प्रधानमन्त्री ओलीले भने - सबै दलको सहमतिमा संविधान संशोधन गर्छौं

बिहिवार , आश्विन ३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधानबाट प्राप्त अधिकारको रक्षा र कार्यान्वयन अबको प्रमुख लडाइँ भएको बताएका छन्।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

संविधानले सुनिश्चित गरेका कतिपय कुरा अनुदित नभएको भन्दै उनले संविधानलाई समानुकूल बनाउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले भने,‘अबको लडाइँ राजनीतिक स्थिरता, नीतिगत स्थायित्व र समृद्धिका लागि लड्नुपर्ने लडाइँ हो । राजनीतिमा स्थायित्व भनेको स्थिरता र नीतिमा स्थायित्व भनेको निरन्तरता हो । तसर्थ विकासका लागि स्थायित्व अर्थात् निरन्तरता र स्थिरता अनिवार्य तत्व हुन् ।’

विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गर्नु अहिलेको आवश्यक्ता रहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले राजनीतिक तहमा देखिएको अस्थिरिताको सम्बोधन केही हदसम्म संविधान संशोधनको माध्यमबाट पनि गर्न सकिने बताए।

संशोधन प्रक्रियामा हामीले संसदको गणितीय संख्यामा मात्र नहेर्ने प्रधानमन्त्री ओलीले बताए।

संविधान संशोधनका लागि सरकारमा रहेका पार्टीहरुसँगै सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गरिने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077