Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

रास्वपा उपसभापति वाग्लेको प्रस्ताव – ७५३ वटा सरकार चाहिँदैन, ५ सयभन्दा तल झारौं

रास्वपा उपसभापति वाग्लेको प्रस्ताव – ७५३ वटा सरकार चाहिँदैन, ५ सयभन्दा तल झारौं

बिहिवार , आश्विन ३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्‍वपा)का उपसभापति स्वर्णिम वाग्लेले पालिकाहरूलाई एकीकृत गरेर ५०० भन्दा कम स्थानीय तह बनाउनुपर्ने बताएका छन् ।

संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी बलियो र सुदृढ संघीय सरकारको पक्षमा रहेको बताए ।

उपसभापति वाग्लेले भने,‘स्थानीय पालिकाहरू अब ७५३ वटा पनि चाहिँदैन। ५०० भन्दा मुनिमै जाऔँ। धेरै पालिकाहरू मर्ज भएर आर्थिक दृष्टिले पनि उपयुक्त हुने गरेर अगाडि बढ्न सकिन्छ। समन्वयकारी, छरितो निकाय बिचमा रहोस्।’

मुलुक संघीयताको अभ्यासमा गएको भएपनि अझैपनि काम, कर्तव्य र अधिकारको सन्दर्भमा तीन तहका सरकारबीच अन्यौलता सिर्जना भइरहेको उनको भनाइ छ ।

त्यस्तै, उपसभापति वाग्लेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने बताए। उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउने व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरे।

उपसभापति वाग्लेले प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित गरेसँगै प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077