Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

कांग्रेस सभापति देउवा रिसाएकै दिन वर्तमान सरकार ढल्ने रविको दाबी

कांग्रेस सभापति देउवा रिसाएकै दिन वर्तमान सरकार ढल्ने रविको दाबी

बिहिवार , आश्विन ३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कांग्रेस सभापति शेरबहादुर देउवा रिसाएकै दिन वर्तमान सरकार ढल्ने दाबी गरेका छन् ।

संविधान दिवसको अवसरमा रास्वपाले आयोजना गरेको संविधान मन्थन कार्यक्रममा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन्।

सभापति लामिछानेले कांग्रेस सभापति देउवा रिसाएपछि दुई तिहाइको सरकार ढल्ने टिप्पणी गरे। उनले दुई तिहाइको सरकारको प्राथमिकता अझै स्पष्ट नभएको बताए।

जनताका प्राथमिकता र सरकारका प्राथमिकता मेल नखाउँदा जनता निराशा छाएको सभापति लामिछानेको भनाई छ ।

सभापति लामिछानेले निर्वाचन प्रणाली महँगो भएको र यसबाट संसदमा थोरै मात्र इमानदार प्रतिनिधिहरू आउने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077