Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

संविधानलाई आफ्नो राजनीतिक स्वार्थसँग सौदाबाजी गर्न पाईदैँन : रवि लामिछाने

संविधानलाई आफ्नो राजनीतिक स्वार्थसँग सौदाबाजी गर्न पाईदैँन : रवि लामिछाने

बिहिवार , आश्विन ३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधानलाई आफ्नो राजनीतिक स्वार्थसँग सौदाबाजी गर्न नपाइने बताएका छन् ।

संविधान दिवसका अवसरमा रास्वपाले आयोजना गरेको संविधान मन्थन कार्यक्रमका बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

उनले संविधान संशोधनका नाममा आफ्नो राजनीतिक स्वार्थसँग सौदाबाजी गर्न नपाइने बताए।

सभापति लामिछानेले अहिलेको दुई दलीय सरकारले संविधान संशोधनको कुरा अघि सारेको अवस्थामा संविधानलाई आफ्नो राजनीतिक स्वार्थसँग सौदावाजी गर्न नपाइने बताए।

दुई तिहाईको सरकारको प्रारम्भिक काममा आत्मबल नदेखिएको उनले बताए।

अहिलको अवस्थामा चुनाव निकै खर्चिलो हुँदै गएकाले संविधान संशोधनमार्फत पूर्ण समानुपातिक संसदको व्यवस्था गर्नुपर्ने सभापति लामिछानेले बताए।

संविधानलाई पूर्णरूपमा कार्यान्वयन गर्न नदिएका कारण समस्या देखिएको सभापति लामिछानेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077