Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

संविधान दिवसको शुभकामना दिँदै मेयर बालेनले भने - हाम्रो देश सधै राम्रो, धनी होस् या गरीब

संविधान दिवसको शुभकामना दिँदै मेयर बालेनले भने - हाम्रो देश सधै राम्रो, धनी होस् या गरीब

बिहिवार , आश्विन ३, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले संविधान दिवसको अवसरमा विशेष सन्देश जारी गरेका छन् ।

बिहीबार राति सामाजिक सञ्जालमार्फत प्रमुख बालेनले घुमाउरो तरिकाबाट शुभकामना सन्देश जारी गरेका हुन् । प्रमुख बालेनले भिडियो साझा गर्दै आफ्नो शुभकामनामा भनेका छन्, 'हाम्रो देश सधैं राम्रो, पहिला पनि राम्रो, अहिले पनि हाम्रो ।'

यस सन्देशले देशप्रेम र समर्पणको भावनालाई उजागर गरेको छ । तर उनी पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्दै आएका छन् ।

उनले लेखेका छन् 'हाम्रो देश सधै राम्रो, पहिला पनि राम्रो, अहिले पनि हाम्रो, धनी होस या गरीब, सधै राम्रो, सुख र दुखमा, सधै हाम्रो, मेरो, तिम्रो, हाम्रो सधै, हात थामन, संविधान दिवसको सबैलाई शुभकामना ।'

आजको दरबारमार्गमा जारी ‘नेसनल डे कन्सर्ट’ मा पनि प्रमुख बालेन सहभागी छैनन् । तर प्रधानमन्त्री ओली भने सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077