Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

दरबारमार्गमा प्रधानमन्त्री ओलीकै अगाडि बालेनको पक्षमा 'हुटिङ' !

दरबारमार्गमा प्रधानमन्त्री ओलीकै अगाडि बालेनको पक्षमा 'हुटिङ' !

बिहिवार , आश्विन ३, २०८१

काठमाडौं । काठमाडौंस्थित दरबारमार्गमा बिहीबार साँझ आयोजना गरिएको 'नेसनल डे कन्सर्ट' मा मेयर बालेन शाहको पक्षमा हुटिङ लागेको छ ।

दरबारमार्गमा अवलोकनका लागि प्रधानमन्त्री केपी शर्मा ओली पुगेका बेला काठमाडौं महानगरपालिकाका मेयर बालेनको पक्षमा हुटिङ लागेको हो ।

प्रधानमन्त्री ओलीले स्टेजमा उक्लिएर संविधान दिवसको शुभकामना दिएका थिए । त्यसक्रममा बालेनका समर्थकहरूले 'बालेन, बालेन' भनेर हुटिङ गरेका हुन् ।

स्टेजबाटै ओलीले सहभागीहरूसँग सेल्फी पनि लिएका थिए । यो कन्सर्टमा मेयर बालेन भने सहभागी छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077