Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

कांग्रेस नेता महत भन्छन् - नेपालको संविधान विश्वमै उत्कृष्ट छ

कांग्रेस नेता महत भन्छन् - नेपालको संविधान विश्वमै उत्कृष्ट छ

बिहिवार , आश्विन ३, २०८१

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुने बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ का अवसरमा जिल्ला मूल समारोह समिति नुवाकोटले आज तादी गाउँपालिका–३ खरानीटारमा आयोजना गरेको प्रवचन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले दुई कार्यकालको संविधानसभाले सबै पक्षलाई न्याय हुने गरी संविधान निर्माण गरेको र यो विश्वमै उत्कृष्ट रहेको दाबी गरे ।

“संविधानमा राज्य सञ्चालनका हरेक तहमा महिलासहित लक्षित वर्गको सहभागिता सुनिश्चित गरिएको छ । यो जनताले बनाएको संविधान भएकाले यसको पूर्ण कार्यान्वयन गर्नु सबैको दायित्व हो”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077