Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

शुक्रवार , आश्विन ४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन्।

अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई सभामुख देवराज घिमिरे,राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहाल,उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक,उद्योगमन्त्री दामोदर भण्डारी, खानेपानी मन्त्री प्रदीप यादवलगायत नेपाल सरकारका मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखहरूले विदाइ गरेका थिए।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी दिएको थियो।

भ्रमण दलमा प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य,परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा,प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल,परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077