Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

राजनीतिमा अपराधिकरण बढ्यो : सञ्चारमन्त्री गुरुङ

राजनीतिमा अपराधिकरण बढ्यो : सञ्चारमन्त्री गुरुङ

शुक्रवार , आश्विन ४, २०८१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिमा अपराधिकरण र फोहोरी खेल बढेको बताएका छन्।

संविधान दिवसको उपलक्ष्यमा आयोजित सांस्कृतिक पुरस्कार वितरण कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन्।

उनले राजनीति आफैँमा फोहोरी खेल नभएको तर राजनीतिलाई गलत रूपमा प्रयोग गर्ने गरिएको बताए । सञ्चारमन्त्री गुरुङले राजनीतिमा आपराधिक क्रियाकलापको अन्त्य हुनुपर्नेका जोड दिए।

सञ्चारमन्त्री गुरुङले भने,‘राजनीति चाहिँ अहिले फोहोरी हुँदै गएको छ । पहिला पनि राजनीति भनेको चाहिँ फोहोर खेल हो भनेर शिक्षकहरूले विद्यार्थीहरूलाई सिकाइरहेको पाइन्थ्यो । त्यो गलत कुरा थियो । राजनीति फोहोरी खेल होइन । तर राजनीतिमा जुन किसिमको आपराधिक क्रियाकलाप र अपराध राजनीतिकरण भइरहेको छ त्यो अन्त्य हुनुपर्छ ।’

उनले संविधानको आयु लामो बनाउने हो भने परिवर्तनको र संशोधनका गुञ्जायस खोज्नुपर्ने धारणा राखे ।

अहिलेसम्म धेरै पटक संशोधन गरेकैले संविधानहरू जीवित रहेको बताउँदै समयअनुकुल परावर्तन गरेमात्र संविधानलाई जीवित राख्न सकिने बताए ।

धेरै पटक संशोधन गरेको संविधानहरू नै जीवित रहेको सञ्चारमन्त्री गुरुङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077