Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

छानबिन समितिमा रविको बयान : सहकारीबाट भएको गैरकानूनी ऋण प्रवाहमा मेरो संलग्नता छैन्

छानबिन समितिमा रविको बयान : सहकारीबाट भएको गैरकानूनी ऋण प्रवाहमा मेरो संलग्नता छैन्

शुक्रवार , आश्विन ४, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीबाट गैरकानूनी ऋण प्रवाहमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् ।

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको बयानको क्रममा सभापति लामिछानेले यस्तो बताएका हुन् ।

आफूले सहकारीबाट एक पैसा पनि नलिएको भन्दै उनले आफू निर्दोष रहेको संसदीय छानबिन समितिमा बयान दिएको छन् ।

उनले आफूले समाचार पक्षको जिम्मेवारी हेर्नेगरी ग्यालेक्सी टीभीमा काम गरेको भन्दै आर्थिक पाटो थाहा नभएको बताएका छन् ।

समितिको बयानमा सभापति लामिछानेले भनेका छन्, ‘मेरो बुझाइमा व्यक्ति र संस्थाबाट आएको सम्पूर्ण रकम जीबी राईले ल्याएको रकम हो । यी सम्पूर्ण रकमहरू तत्-तत्‌ संस्थाहरूबाट ल्याउँदा आवश्यक प्रक्रिया पूरा गरेको बुझ्नुपर्छ । जीबी राई स्वयम् उल्लिखित संस्थाहरूमा संलग्नै रहेको र गोरखा मिडिया नेटवर्क प्रालिको पनि कार्यकारी अध्यक्ष भएको हुँदा र कम्पनीको सम्पूर्ण कारोबार निजले नै हेर्ने भएको हुँदा यस विषयमा मलाई जानकारी छैन ।’

बयानमा समितिले सभापति लामिछानेलाई गरेको प्रश्नमा रविले भने आफ्नो कुनै पनि सहकारीमा सदस्यता नभएको र ऋण नलिएको बताएका छन्।

सभापति लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा र सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा कुनै पनि सदस्यता नरहेको बताएको छानबिन समितिको प्रतिवेदमा उल्लेख छ ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लामिछानेले नाममा दुई करोड ऋण खडा गरी गोरखा मिडिया नेटवर्कमा पठाइएको कुरा के हो भन्ने प्रश्नमा लामिछानेले ऋण लिँदा पुर्‍याउनु पर्ने पक्रिया नपुगेको र उक्त ऋण लिएको व्यक्ति आफू नभएको उनले बताएका छन्।

सभापति लामिछानेले आफू र छविलाल जोशी नेपाल बैंक लिमिटेड न्यूरोड शाखामा ऋण लिने प्रक्रियामा जाँदा नेपाल बैंकले करिब २५ करोड दिन सहमत भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077