Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

सहकारी ठगीमा कांग्रेस उपसभापति गुरुङलाई कारबाही गर्न छानबिन समितिको निर्देशन

सहकारी ठगीमा कांग्रेस उपसभापति गुरुङलाई कारबाही गर्न छानबिन समितिको निर्देशन

शुक्रवार , आश्विन ४, २०८१

काठमाडौं । सहकारी ठगीसम्बन्धी छानबिन गर्न बनेको संसदीय समितिले कांग्रेस उपसभापति धनराज गुरुङमाथि कानुनी कारबाही गर्न निर्देशन दिएको छ ।

मितेरी बचत तथा ऋण सहकारीको बचत रकम हिनामिनाप्रकरणमा उपसभापति गुरुङमाथि थप अनुसन्धान गर्न निर्देशन दिएको हो ।

कांग्रेस उपसभापति गुरुङले सम्बन्ध विच्छेद गरेकी ज्योति गुरुङसँग मितेरी सहकारीको बचत रकम हिनामिना गरेको उजुरीको आधारमा कारबाही गर्न संसदीय छानबिन समितिले निर्देशन दिएको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धनमा संसदीय छानबिन समितिको प्रतिवेदनमा समस्याग्रस्त कतिपय सहकारीमा संस्थागत नक्कली अभ्यास गरको उल्लेख गर्दै छानबिनका लागि निर्देशन दिएको उल्लेख छ ।

प्रतिवेदमा सहकारीकै कारण कतिपयले नक्कली विवाहसमेत गर्ने गरेका चर्चा गरिएको छ ।

मितेरी बचत तथा ऋण सहकारीमा कार्यरत ज्योति गुरुङले पति धनराज गुरुङसँग सम्बन्ध बिच्छेद गरेर पनि एकसाथमै बस्ने गरेको चर्चा रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा ज्योति गुरूङ र धनराज गुरूङ समेतका उपर प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, हेटौंडामा उजुरी परी केन्द्रीय अनुसन्धान ब्युरोमा आएकोमा समितिले सो सम्बन्धमा थप अनुसन्धान गरी शिघ्र कानुनी कारबाही अगाडि बढाउन समितिले निर्देशन दिएको छ ।

यसअघि समितिले ज्योति गुरुङलाई खोजी गरी समितिसमक्ष उपलब्ध गराइदिन गृह मन्त्रालयमा पत्राचार गरिसकेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077