Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

नेपाल र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ताको तयारी

नेपाल र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ताको तयारी

शुक्रवार , आश्विन ४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच अमेरिकाको न्युयोर्कमा भेटवार्ता हुने भएको छ ।

स्रोतका अनुसार असोज ६ गते आइतबार स्थानीय समयअनुसार साढे ५ बजे उनीहरूबीच भेटवार्ता हुने भएको हो ।

ओली-मोदी भेटवार्ताका लागि परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालय आन्तरिक तयारीमा जुटेका छन् ।

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन प्रधानमन्त्री ओली शुक्रबार कतार हुँदै अमेरिका प्रस्थान गरेका छन् ।

उनी शनिबार न्युयोर्क पुग्नेछन् । मोदी पनि शनिबार न्युयोर्क प्रस्थान गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077