Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एक खेल अगावै अफगानिस्तानले जित्यो दक्षिण अफ्रिकासँगको एकदिवसीय शृङ्खला

एक खेल अगावै अफगानिस्तानले जित्यो दक्षिण अफ्रिकासँगको एकदिवसीय शृङ्खला

शनिवार , आश्विन ५, २०८१

एजेन्सी । अफगानिस्तानले दक्षिण अफ्रिकासँगको एकदिवसीय शृङ्खला जितेको छ ।

तीन खेलको शृङ्खला अफगानिस्तानले एक खेल अगावै जितेको हो । हिजो शारजाहमा भएको दोस्रो खेलमा अफगानिस्तान एक सय ७७ रनले विजयी भयो ।

पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर तीन सय ११ रन बनाएको थियो ।

तीन सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३४ ओभर २ बलमा एक सय ३४ रनमा समेटियो । अन्तिम एकदिवसीय खेल भोलि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077