Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काभा महिला भलिबल : आज फाइनलमा पुलिस क्लब र हुमो क्लब भिड्दै

काभा महिला भलिबल : आज फाइनलमा पुलिस क्लब र हुमो क्लब भिड्दै

शनिवार , आश्विन ५, २०८१

काठमाडौं । नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा अपराजित रहँदै फाइनलमा पुगेको छ ।

पुलिसले लिग चरणको आफ्नो अन्तिम खेलमा हिजो माल्दिभ्सको घरेलु टोली पुलिस क्लबलाई ३–१ को सेटमा हराएको हो ।

पहिलो सेट २५–१२ र दोस्रो सेट २५–२१ ले जितेको पुलिसले तेस्रो सेट २१–२५ ले गुमायो । तर चौथो सेट २५–२१ ले जित्यो ।

पुलिसको पाँच खेलमा १४ अङ्क छ । नेपाल पुलिस एक खेल अगावै यसअघि नै फाइनलमा पुगेको थियो ।

आज हुने फाइनल खेलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077