Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच अमेरिकामा भेटघाट पक्का

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच अमेरिकामा भेटघाट पक्का

शनिवार , आश्विन ५, २०८१

काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटघाट गर्ने समयतालिका तय भएको छ।

संयुक्त राष्ट्र सङ्घको कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच अमेरिकामा भेटवार्ता हुने तय भएको हो ।

भारतीय प्रधानमन्त्री मोदीले अमेरिकाको समय सेप्टेम्बर २२ तारिख साँझ ५ः३० बजे प्रधानमन्त्री ओलीसँगको भेटघाटको समय कार्यतालिकामा राखेका छन्।

प्रधानमन्त्री मोदीले इपीजी र सीमा समस्याका कुराहरूमा स्पष्ट हुन पनि भेट्न चाहेको स्रोतले ताएको छ ।

यो भेटघाट पछि प्रधानमन्त्री ओलीको भारतसँगको अगामी सम्बन्धबारे धेरै कुरा तय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077