Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

एमाले महासचिव पोखरेल भन्छन् - रविले कमजोरी स्वीकार्नुको साटो ‘क्लिन चिट’को हल्ला चलाए

एमाले महासचिव पोखरेल भन्छन् - रविले कमजोरी स्वीकार्नुको साटो ‘क्लिन चिट’को हल्ला चलाए

शनिवार , आश्विन ५, २०८१

घोराही । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘क्लिन चिट’ पाए भनेर हल्ला गर्नु उचित नभएको बताएका छन ।

प्रेस चौतारी दाङले गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले भने,‘अनुसन्धानको प्रक्रियामा सामेल हुनुपर्ने व्यक्तिले अनुसन्धानलाई प्रभाव पार्नेगरी आफ्ना भनाइ राख्न थाले । सहकारीको रकम असुरक्षित गर्नेहरुलाई दण्डित गरिनुपर्छ ।’

लामिछानेले कमजोरी स्वीकार्नु पर्ने ठाउँमा उल्टै ‘क्लिन चिट’ पाएको हल्ला गर्नु उचित नभएको महासचिव पोखरेलको भनाई छ ।

उनले सहकारी रकम अपचलन मुद्दा अनुसन्धानको प्रक्रियालाई प्रभाव पार्नेगरी लामिछानेले क्लिन चिटको हल्ला चलाउनु उचित नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077